
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – गाइजात्रा छ अहिले कृषि विकास मन्त्रालयमा कुनै कृषिमन्त्रीले तरुनीका शरिर सुम्सुमाएर मन्त्री पद गुमाए,कुनै कृषि मन्त्री फिल्म हेरेर धरधर्ती मात्र रोएनन गमलामा धान रोपेर विवादमा तानिए । कृषि मन्त्री काण्डै काण्डमा मुछिएको यो मन्त्रालमया अचेल सचिवको काण्ड मच्चिएको छ ।
एउटै मन्त्रालयमा अहिले दुई जना सचिव छन । ५८ बर्षे उमेर हदका कारण दश दिन पछाडि अनिवार्य अवकाश पाउन लागेका सचिव अन्नपूर्णा नन्द दासलाई त्यहाँँबाट लखेटेर पशुपक्षीतिर खेदाइयो । र सो स्थानमा अस्ति आइतवारमात्र डा। सुरोज पोखरेललाई पठाइएको छ । यद्यपि उनले पद बहाली गरेका छैनन ।
तीन दिन अगाडि मात्र कृषि मन्त्रालयमा हाजिर भएका अन्नपूर्णनन्द दास पशुपक्षी विकास मन्त्रालयमा जान अटेरी गरेपछि हालै सह सचिवबाट बढूवा भई कृषिमा आएका डा सुरोज पोखरेलले हाजिर गर्न समेत पाएका छैनन ।
कृषि मन्त्रालय स्रोतका अनुसार,मन्त्रालयमा हाजिर गर्न नपाए पनि उनी कृषि सचिवको पद बहाली नै नगरी कृषि सचिवकै हैसियतमा डा। पोखरेल जापानी संस्था जाईकाको आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथिको हैसियतले त्यहाँ पुगी भत्ता समेत पचाइसकेका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्