
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले १ सय २४ औं माओजयन्तीका अवसरमा शुभकामना दिँदै नेपालमा क्रान्तिकारी तयारी गरिरहेको बताएका छन् ।
वैद्यले विज्ञप्तिमार्फत नेपालमा ‘विश्व साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादको हैकम प्रवल रुपमा बढ्दै गएकाले विश्व र नेपालमा क्रान्तिले गम्भीर धक्का खाएको उल्लेख गरेका छन् । आज विश्व र नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम प्रबल रुपमा बढ्दै गएको छ ।
विश्व र नेपालमा पनि क्रान्तिले गम्भीर धक्का खाएको छ’, वैद्यले भनेका छन्, ‘यस स्थितिमा नेपालमा क्रान्तिलाई अगाडि बढाउनेबारे गम्भीर प्रकृतिका चुनौतीहरु पैदा भएका छन् । आजको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण तथा ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउनु र क्रान्तिकारी कार्यदिशालाई समृद्ध तुल्याउदै नयाँ जनवादी क्रान्तिको तयारी गर्नु हो ।’
वैद्यले चुनौतीहरुको सामना गर्दै क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढनका लागि माओ दिवसले आफूहरुलाई धारिलो वैचारिक हतियार र नयाँ ऊर्जा प्रदान गर्ने बताए । उनले पार्टी पंक्ति तथा कार्यकर्तालाई माओ दिवस विशेष सम्मानका साथ मनाउन र माओले देखाएको ‘निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि बढ्न’ अपिल गरेका छन् ।
माओले अर्धसामन्ती तथा अर्र्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुक्त तुल्याउनुका साथै समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाएको’ स्मरण वैद्यले गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्