Skip to content
LAXMI SUNRISE BANK

मोरङको सिङ्घिया खोलामा पक्कि पुल बन्ने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – विराटनगर उपमहानगरपालिका र बैजनाथपुर गाविस जोड्ने गरी सिङ्घिया खोलामा निर्माण गरिन लागेको पक्की पुलको मङ्गलबार शिलान्यास गरिएको छ।
  पूर्वअर्थमन्त्री तथा सांसद महेश आचार्यले पुलको शिलान्यास गरेका हुन्। पुल निर्माण भएपछि बैजनाथपुर, झोराहाट, खुनियाकटाका बासिन्दाले सुविधा पाउने र सवारी आवतजावतमा समेत सहज हुनेछ। 
 ५ करोड ७९ लाख ७५ हजारको लागतमा कार्कीबन्धु जेभीले सो पुल निर्माण गर्ने ठेक्का पाएको छ। विसं २०७५ वैशाख ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको छ। यसभन्दा अगाडि उक्त स्थानमा रहेको जीर्ण काठेपुल हटाएर पक्कीपुल बनाउन लागिएको हो। 
कार्यक्रममा सांसद भुटनीदेवी खवास, नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सभापति विनोद बस्नेत, विराटनगर नगर सभापति भीम पराजुली, महासमिति सदस्य विश्वनाथ रिजाल, तरुणदलका सभापति प्रभाकर थापालगायतको सहभागिता थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK