
- अर्थ सरोकार संम्वादाता
काठमाण्डौ – तामिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार मध्यरात १२ बजे निधन भएको छ । उनलाई आईतबार ह्रदयघातका कारण अस्पताल भर्ना गरिएको थियो । हिजो साझ त्यहाँका स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुले उनको निधन भएको समाचार प्रसारण गरेको थियो पछि उक्त समाचाारलाई एपोलो अस्पतालले विज्ञप्ति जारी गर्दै अस्वीकार गरेको थियो। तर सोमबार राति भने अस्पतालले नै उनको निधन भएको पुष्टि गरेको छ ।
उनी विगत दुई महिनादेखि अस्पतालमा उपचाररत थिइन् । उनको निधन पश्चात एपोलो अस्पतालको बाहिर उनका शुभचिन्तकहरूको बाक्लो भिड जम्मा भएको छ । भिडलार्इ नियन्त्रण गर्नका लागि प्रहरीले लाठि चार्जसम्म गर्नु परेको छ । तमिल नाडुमा आमा भनेर निकै चिनिएकी जयललिता अस्पतालमा गत सेप्टेम्बर २२ देखि उपचार गराइ रहेकी छन् । जयललिताको स्वास्थ्य लाभका लागि उनका समर्थकले रातीदेखि नै मन्दिरमा पुजा अर्चना गरिरहेका थिए। उनी जानकी रामचन्द्रनपछि की दोस्रो महिला मुख्य मन्त्री हुन् ।
जयललिता चलचित्रबाट राजनीतिमा प्रवेश गरेकी हुन्। उनी भारतको पूर्वस्टार नायिका समेत हुन् । ६८ वर्षीय जयललिताको उपचारका लागि एम्स र बेलायतबाट चिकित्सकहरूको विशेष टोली खटाइएको थियो ।उनको निधनको दुखद समयमा प्रदेशमा ७ दिन राजकिय शोकको घोषणा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्