
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – उद्योगमन्त्री नविन्द्रराज जोशीले कागजपत्र पुगेका उद्योग बढिमा ३० घण्टाभित्र दर्ता गरिसक्न उद्योग विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। कागजपत्र पुगेको अवस्थामा अधिकतम ३० घण्टाभित्र पनि उद्योग दर्ता नभए कर्मचारीलाई कारबाही गर्ने मन्त्री जोशीले चेतावनी दिए।
‘कागजात नपुगेको रहेछ भने के के पुगेन प्रष्ट खुलाएर सेवाग्राहीलाई भनिदिनु पर्योग, विभागको स्थलगत निरिक्षणका क्रममा बिहिबार उनले भने। विभागले तीन करोड लगानीसम्मका उद्योग दर्ता गर्न तीनदिन लाग्ने बताउँदै आएको छ।
त्यस्तै बैदेशीक लगानी भएका उद्योग बढिमा एक साताभित्र दर्ता गरिसक्न मन्त्रीले निर्देशन दिए। उद्योग विभागलाई चाँडै अटोमेसन प्रविधिमा लैजाने र त्यसपछि उद्योग दर्ताको समय अझै छोट्टिने उनले बताए।
विभागले माघ एक गतेदेखि उद्योगका सवै काम अनलाइनबाट सुरु गर्ने गरि काम अघि बढेको जनाइएको छ। त्यसका लागि नेपाल राष्ट्र बैङ्कसँग अनलाइन पेमेन्ट गेटवे बारे पनि छलफल भइरहेको मन्त्री जोशीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्