
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – उद्योगमन्त्री नविन्द्रराज जोशीको नेपाल औषधि कम्पनी लिमिटेड संचालन गर्ने प्रक्रिया बन्द हुने अवस्थामा पुगेको छ। उद्योग र अर्तामंत्रालयबीचको जुँगाको लड़ैले उक्त कम्पनी संचालन नहुने सम्भावना बढेको हो।
उद्योग मन्त्रालयले उक्त उद्योग संचालन गर्न १४ करोड माग गरेपनि अर्थले उक्त फाइल अगाडी बढाएको छैन। उद्योगमन्त्री जोशीले उद्योग संचालन प्रक्रिया अगाडी बढेको भनेपनि अर्थको असहयोगले प्रक्रिया नै अवरुद्द भएको उद्योग उच्च श्रोतले बिजपाटीलाई जानकारी दिएको छ।
अर्थमन्त्रालयले निजीकरण सम्बन्धि ऐनले घाटामा गएका वा बन्द भएका उद्योगलाई राज्यले सहयोग गरेर पुन संचालन गर्न नमिल्ने भन्दै फाइलनै अगाडी नबढाएको हो। अर्थले ऐनको प्राबधान अगाडी सारेर उद्योग संचालन प्रक्रिया अवरुद्द गरेपनि भित्रि रहस्य भने अर्कै रहेको उद्योग श्रोतको दाबि छ।
ुउद्योग संचालन गर्दा त्यसबाट जस कसले लिने भन्ने भित्रि दृष्टिका कारण उद्योग संचालन नभएको होु श्रोतले भन्यो। श्रोतका अनुसार उद्योग पुन संचालन हुँदा त्यसको प्रत्यक्ष फाइदा उद्योगमन्त्री जोशीले लिन सक्ने भएका कारण उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको निर्देशनमा उद्योग फाइल रोकिएको हो।
पुंजी अर्थमन्त्रालयले उपलब्ध गराउने तर त्यसबाट प्राप्त हुने जस भने उद्योग मन्त्रालयले लिने भएका कारण उद्योगको फाइल रोकिएको जनाइएको छ। उद्योग श्रोतका अनुसार अर्थमन्त्रालयको असहयोगका कारण अब उद्योग संचालन प्रक्रिया बन्द जस्तै भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्