
काठमाण्डौ – लामो समयदेखि जारी राजनीतिक गत्यावरोध अन्त्य गर्ने विषयमा सत्तारूढ दलका दोस्रो तहका नेताहरू सक्रिय बनेका छन् । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले आन्तरिक रूपमा सहमति जुटाउन छलफललाई तीव्रता दिएको छ ।
लामो समयदेखि आधिकारिक आफ्नो धारणा सार्वजनिक नगरी बसेको सत्तासीन संसद्को प्रमुख ठूलो दल नेपाली कांग्रेसले पनि पार्टी बैठकबाटै गत्यावरोध अन्त्य गर्ने विषयमा चासो देखाएको छ ।
संविधानप्रति असन्तुष्ट मधेसी मोर्चा र प्रतिपक्षी नेकपा एमालेलाई मान्य हुने गरी संविधान संशोधन गरेर संसद सुचारु गर्ने, निर्वाचन मिति घोषणा गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको विषय प्याकेजमा टुंग्याउने गरी सहमति जुटाउन सत्तारूढ दलका दोस्रो तहका नेताले सक्रियता देखाएका हुन् ।
जारी गतिरोध अन्त्य गर्न दलहरूबीच सहमति जुटाउन सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र प्रमुख सत्तासीन दल नेपाली कांग्रेसका दोस्रो तहका नेताहरू संविधान संसद् सुचारु, संशोधन, निर्वाचन, महाअभियोगको विषय प्याकेजमै सहमति जुटाएर अघि बढ्ने या यसबाहेक नयाँ प्रक्रियाबाट अघि बढ्ने भन्ने विभिन्न विकल्पमा सहमति जुटाउने छलफलमा तीव्र रूपमाखटिएका छन् ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जारी गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच विभिन्न कोणबाट छलफल भइरहेको बताए । ‘आज पनि ९सोमबार० पनि एमाले संसदीय दलका उपनेता सुभास नेम्वाङसँग भेट भयो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुराकानी भयो । पौडेललाई नै लिएर आज महन्थ ठाकुरसँग पनि कुरा भयो,’ नेता श्रेष्ठले राजधानीसँग भने, ‘विभिन्न नेतासँग छुट्टाछुट्टै कुराकानी भइरहेका छन्, तर अहिले नै गुणात्मक निष्कर्ष आइसकेको छैन ।’
कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका नेता श्रेष्ठले जारी समस्या समाधान गर्ने विषयमा सोमबार संयुक्त मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेको छ ।
छलफलमा नेताहरूले ठाकुरलाई मोर्चा संशोधनका विषयमा खुलेर नआउँदा सरकारलाई अप्ठ्यारो परेको बताएका थिए । उनीहरूले संशोधन विधेयकलाई खुलेर समर्थन गर्न र त्यसपछि हुने निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाउन आग्रह गरे ।आजको राजधानी दैनिकमा खबर छ ।
‘तपाईंहरूले संविधान संशोधन प्रस्तावलाई समर्थन गरी चुनावमा जान्छौं भनेर प्रतिबद्धता जनाउनुभयो भने हामीलाई पनि प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउन सजिलो हुन्छ,’ ठाकुरलाई राखेको प्रस्तावबारे श्रेष्ठले भने, ‘त्यसो भए पाँच नम्बर प्रदेशका नेताहरूलाई सम्झाउन सजिलो पनि सजिलो हुन्छ ।’ श्रेष्ठका अनुसार ठाकुरले मोर्चाले उठाएका मागमा सम्बोधन नभएकोमा गुनासो गरे पनि संशोधनको विरोध गरेको प्रस्ट्याएका थिए ।
छलफलमा अध्यक्ष ठाकुरले आफूहरू संशोधनविरुद्ध नरहेको भन्दै अब छलफल गरेर निर्वाचनमा भाग लिने विषयमा निष्कर्ष निकालिने बताएका थिए।कांग्रेस वरिष्ठ नेता पौडेलले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर पास गरौं भन्ने प्रस्ताव गरेको र त्यसमा अध्यक्ष महन्थ ठाकुर सकारात्मक भएको प्रतिक्रिया दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्