×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाको नेतृत्वमा नयाँ सरकार हुने देखिन्छ : बिजुक्छें

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देउवाको नेतृत्वमा नयाँ सरकार हुने देखिन्छ : बिजुक्छें

१ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले छिट्टै भारतको इशारामा सरकारको समीकरण बद्लिने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छें भारतको इशारामा केपी ओलीको नेतृत्वमा सरकारको प्रस्ताव आउने र ओलीले अस्वीकार गरे शेर बहादुर देउवाको नेतृत्वमा सरकारको समीकरण देखिने बताएका छन् ।
नेपालका नेताहरुलाई जति बेला चाह्यो त्यति बेला भारतले हत्या गर्न सक्ने भन्दै उनले बिगतमा नेपालमा गरिएका हत्याले यसलाइ पुष्टि गरेको र आफ्नो पायकमा काम नगर्ने नेताहरुको उसले जति बेला पनि हत्या गर्न सक्ने टिप्पणी गरे ।
सरकार स्थानीय तहको निर्वाचन नगर्ने योजनामा रहेको भन्दै बिजुक्छेंले सरकारकै कारण स्थानिय तहको निर्वाचन नहुने दाबीका साथ स्थानिय तहको निर्वाचन गर्ने बहाना गरि संसदको निर्वाचन गर्ने तयारीमा जुटेको बताए ।
उनले दिल्ली घोषणा पत्रलाई आधार मान्दा अव दुइवटा नागरिकता भएकाहरुले नेपालका पार्टीहरुलाई ठूलो मात्रामा चन्दा दिने सुबिधा जसरी प्रदान गरिँदै छ यसले अव नेपालमा एन आर एन र अंगिकृत नागरिकता भएकाले सरकार चलाउने बताए ।
नेपालका लागि भारतीय राजदुत रञ्जित रेलाई भारतले नैतिकताको आधारमा भए पनि फिर्ता बोलाउनु पर्ने तर्फ ध्यान नजानु कुटनीति मर्यादाको बिपरित काम गरेको र हेपाहा प्रबृति भएको उनले बताए ।
देशका हरेक गतिबिधिका बारे पूर्व जानकारी लिनु पर्ने गुप्तचर बिभाग असफल भएको र उनीहरुको गतिबिधिकै कारण नेपालमा भारतले जति बेला चाह्यो त्यति बेला हरेक काम गर्न सफल रहेको भन्दै नेपालको गुप्तचर बिभाग सक्षम रहे भारतले नेपालमा गर्ने गतिबिधिको प्रतिउत्तर दिने सक्ने उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: