×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जासुसलाई देश निकाला गर्नेपर्छ, नगरिएसम्म नेपालीले सुःख पाँउदैनन’ : बिजुक्छे

LAXMI SUNRISE BANK

‘जासुसलाई देश निकाला गर्नेपर्छ, नगरिएसम्म नेपालीले सुःख पाँउदैनन’ : बिजुक्छे

२३ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ  – भारतीय राजदूत रन्जीत रे जासुसी हुन । उनलाई तत्काल देश निकाला गर्नुपर्छ । मिलेर बसेका नेपालीहरुमाझ विखण्डन ल्याउने नियतका साथ भारतीय राजदूतले कूटनीतिक मर्यादा विपरीत गतिविधि गरिरहेको छन् ।

नाकाबन्दीको समयमा भारतका लागि नेपाली राजदूत रहेका नेपाली कांगे्रसका नेता दीपकुमार उपाध्यायलाई तत्कालीन सरकारले असक्षम भनी फिर्ता बोलाएपछि फेरि सोही व्यक्तिलाई राजदूत बनाएर पठाउनु सरकारको नालायकीपन हो । भारतमा राजदूत रहँदा नाकाबन्दी खुलाउन विशेष पहल गर्नको साटो चौकी छोडेर भागेको कमाण्डरझै जिम्मेवारी छोडेर भागेको व्यक्ति हुन दीपकुमार ।
संविधान संशोधनको नाममा प्रचण्ड सरकारले भारतीय स्वार्थको पक्षपोषण गरिरहेको छन । अहिले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याएर अन्ततः मधेसवादी नेताबाट तराई एउटा छुट्टै राज्यको माग गर्न लगाएर आन्दोलन चर्काउने र नेपालबाट तराईलाई अलग्याई भारतमा विलय गराउने रणनीति अनुरुप संविधान संशोधनको प्रस्ताव आएको कुरा बुझ्न गाह्रो छैन ।
कुनै पनि जाति, भाषा, धर्म, क्षेत्रको आधारमा राजनीतिक दल खोल्न नपाउने गरी संविधानमा नै प्रतिबन्धको व्यवस्था गरिनुपर्दछ । यसैगरी सक्षम र योग्य व्यक्तिलाई उचित पद र अवसर प्रदान गरिनुपर्दछ ।
माओवादको मुखुुण्डो लगाएर प्रचण्डले माओ विचारधाराको खिल्ली उडाए । सभापति शेरबहादुर दउवाले भारतीय इसारामा आफू बदनामीबाट बच्न प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रयोग गरे । यही समयमा राप्रपा र राप्रपा नेपालबिच एकीकरण हुनु संयोग मात्र पटक्कै होइन । यसमा पनि भारतको हात रहेको बुझ्न गाह्रो छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी