×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाटकै नाटकको बजार- सेयर बजार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नाटकै नाटकको बजार- सेयर बजार

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • रोहित शर्मा 

सबैभन्दा खतरनाक  र डरलाग्दो भ्रष्टाचार हो – नीतिगत भ्रष्टचार । यो विश्वभरीनै छ । तर नेपालामा त यसले पराकास्टानै नाघेको छ । अझ नेपाली पूँजी बजारजस्तो आर्थिक चहलपहल हुने क्षेत्रमा ठुलै चलखेल हुने भएपछी नीतिगत कुराको बखेडा झिकेर नौटंकी गर्नेहरुको कमी हुने कुरै भएन । यहाँ मन्चन गरिएका केहि नाटक यस्ता छन ।
नाटक न १ : आजकै कुरा गरौ : 
बुधबारसम्म पहिरो गएको पूँजी बजारमा बिहिबार एकाएक हरियाली छाएको छ । यो सम्योग मात्र हुन सक्दैन । यसले नियोजित रुपमा बजारलाई आफ्नो अनुकुल प्रयोग गर्ने समुह निकै सकृय छ भन्ने सन्कालाई पुष्टि पुस्टी गर्छ । हिजो र आज बजारलाई प्रभाब पार्ने तत्वहरुमा कुनै फरक नआउँदा पनि हिजोसम्म निराषाजनक तर आज एक्कासी उत्साहजनक कसरी हुन सक्छ ? यो सबै केहि समुहको monopoly को बिरुद् आक्रोसित तथा बजार बलियो र पारदर्षी भएको हेर्न चाहने शुभेक्षुकको आन्दोलनलाई शिथिल पार्न रचिएको नाटक मात्र हो ।
नाटक न २: माग र आपुर्तिको सिद्न्तकै कुरा गरौ : 
सेयर किन्न खोज्दा ब्रोकरका कर्मचारीले रोक्न खोजेको तथा खरिद आदेश नदिएको थुप्रै गुनासाहरु सुनिन्छन । यसको बाबजुदपनि आपुर्तिलाई मागले चापेको अवस्थामा समेत मुल्य घटेका सयौ उदाहरण हामीसँग छन् । आपुर्तीभन्दा माग धेरै भएको अवस्थामा मुल्य बड्छ भन्ने विश्वव्यापी सिद्धान्त नेपालको पूँजी बजारमा लागु नहुनु नाटकभन्दा अरु के नै हुन सक्छ र ?
नाटक न ३ : नियमनकारी निकायबिच समान्वयको अभाव : 
‘म पिटेजस्तो गर्छु, तँ रोएजस्तो गर’ भनेजस्तै हो यो सबै । अर्बौको रकममा रजाइ गर्न पाएपछी लाज पचाउन त के नै भयो र ? नीतिगत कुरा देखायो , एकले अर्कोलाई दोसरोपन गर्यो, लगानीकर्तालाई जहिल्यै बन्धकमा राखेर पूँजी बजारमा नग्न रजाइ गर्यो । कती सजिलै नाटक मन्चन गरिएको छ यहाँ । नेप्सेका एक महामहिमले भनेछन्,  ‘व्यक्तिगत कारणले समान्वयमा समस्या भयो ।’ धीतोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई मेरो प्रश्न : तपाइहरु बिच व्यक्तिगत रिसिवी छ भने त्यो कारणले पूँजीबजारलाई बन्धक बनाउन मिल्छ ? राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ? कहिलेसम्म हामी लगानीकर्ता तिमीहरुको नग्न राज टुलुटुलु हेरेर बस्न बाध्य बनाउन सक्छौ ?
नाटक न ४ : राष्ट्र बैंकको नाटक : 
राष्ट्र बैंकलाई ब्रोकर लाइसेन्स दिनलाई ऐन नियमले बाधा गरेको भन्ने समाचारहरु बाहिर आए । कुरै सुन्दा हाँस्न मन लाग्छ ।  सँग रिस पनि उठ्छ  । बैंक तथा वित्तीय संस्था ऐन २०६३ र धितो पत्र ऐन २०६३ मा बैकले ब्रोकरको काम गर्न सक्ने स्पस्ट प्राबधान छ । ठिक छ, प्रकृयागत रुपमा केहि कठिनाइ होलान् । 
त्यसलाई सहजीकरण गर्न नियम कानुनमा सम्सोधन गर्नतिर वा सर्कुलर जारी गरेर मार्ग प्रशस्त गर्ने कि सिधै नमिल्ने भन्दै आफ्नो काम कर्तब्यबाट पन्छिन खेज्ने ? मेरो प्रश्न : एन कानुन भनेको लगानीकर्तालाई जबरजस्ती बाध्ने डोरी हो कि लगानीकर्ताको हकहितको लागि समय अनुकुल सुधार गरेर उनिहरुकै निम्ती प्रयोग गरिने सम्यन्त्र हो ?

तरलताको कुरा गरौ 
अहिले बजारमा तरलताको अभाव देखिएको छ । भन्नुको अर्थ बैंकहरु लगानी योग्य रकमको अभावमा पिरोलिएका छन् । केहि बर्ष अगाडी CCD Ratio 80% निर्धारण गरिएको थियो र अहिले पनि त्यही छ । policy response गरेर 80% बाट 85% बनाएर बैंकहरुलाई चलायमान हुनतिर लाग्नुपर्ने बेलामा राष्ट्र बैंकले Reverse Repo मार्फत अर्बौ रुपैया खिचिरहेको छ । बैंकर भन्छन् पैसा छैन्,, राष्ट्र बैंक भन्छ पैसा प्रशस्त छ ।  यो कस्तो नाटक हो  ? पक्कै पनि यो नाटक निकै रहस्यमय छ ।
नाटक न ५ : सामजिक सन्जालहरुमा फैलाईएका  भाइरस : 
आन्दोलनकर्ताको बिरुद्वमा केहि उद्वन्ड्, अरुको प्रगतिमा चिन्तैचिन्ताले चितामा पुग्न थालेका सिकुटेहरुलाई परिचालन गरिएको छ । बजार बढाउन आन्दोलन गरिएको भनेर हल्ला फिजाउन खोजियो । यो अर्को नाटक को अणुपम उदाहरण हो । यस्ता थुप्रै नाटकहरु मन्चन गरिन्छन्  नेपाली पूँजी बजारमा
अन्तमा, नेपाली पूँजी बजारको विकास र विस्तार भएमात्र पूँजीको सकृय परिचालन सम्भब छ । लगानीकर्ताको यो आन्दोलनले नौटंकीबाजको नाटकहरुलाई परास्त गर्न सकोस्, पारदर्शी र बलियो बजारको पूर्वधारको बिकास होस् । धेरै धेरै शुभकामना ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: