
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – एसियाली विकास बैंक एडिबीले अनुदान स्वरुप दिन लागेको दुई अर्ब रुपैयाँ सरकारले स्वीकृत गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले एडिबीले दिन लागेको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो।
यसैगरी बैठकले माथिल्लो त्रिशुली ए जलविद्युत परियोजनाको ड्यामसाइड मर्मतका लागि ६१ करोड १८ लाख रुपैयाँ, पोखरा सुधार खानेपानी सुधार आयोजनाका लागि चार अर्ब ४३ करोड रुपैयाँ बजेट बिनियोजन गरेको सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।
मन्त्रीपरिषदको बैठकले छ वर्षदेखि नेपाली आकाशको स्याट्लाइटको भुक्तान गर्न बाँकी ६३ हजार सात सय डलर बक्यौता रकम भुक्तानी गर्ने निर्णय पनि गरेको छ। यसैगरी मन्त्रीपरिषदको बैठकले नबलकिशोर यादव र संगीता खड्कालाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरेको हो।
बैठकले प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि गरेको संचार मन्त्री कार्कीले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्