Skip to content
LAXMI SUNRISE BANK

एडिबीले दिने अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एसियाली विकास बैंक एडिबीले अनुदान स्वरुप दिन लागेको दुई अर्ब रुपैयाँ सरकारले स्वीकृत गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले एडिबीले दिन लागेको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो। 
यसैगरी बैठकले माथिल्लो त्रिशुली ए जलविद्युत परियोजनाको ड्यामसाइड मर्मतका लागि ६१ करोड १८ लाख रुपैयाँ, पोखरा सुधार खानेपानी सुधार आयोजनाका लागि चार अर्ब ४३ करोड रुपैयाँ बजेट बिनियोजन गरेको सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए। 
मन्त्रीपरिषदको बैठकले छ वर्षदेखि नेपाली आकाशको स्याट्लाइटको भुक्तान गर्न बाँकी ६३ हजार सात सय डलर बक्यौता रकम भुक्तानी गर्ने निर्णय पनि गरेको छ।   यसैगरी मन्त्रीपरिषदको बैठकले नबलकिशोर यादव र संगीता खड्कालाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरेको हो।
 बैठकले प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि गरेको संचार मन्त्री कार्कीले जानकारी दिए।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK