
काठमाण्डौ – नेपालसँग प्रायः नियमित सैन्य अभ्यास गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको छ ।
चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्याउन सक्ने भारतले आशंका व्यक्त गरेको हो ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
नेपाल–चीनबीचको सैन्य अभ्यासको तयारीलाई लिएर भारतीय अधिकारीहरुले दिल्लीस्थित नेपाल दूतावास र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जिज्ञासा राखेको परराष्ट्र स्रोतले जनाएको छ ।
यही प्रसंगलाई जोडेर भारतीय अखबार टाइम्स अफ इन्डियाले मंगलबारको अंकमा राजदूत उपाध्यायसँगको भनाई राखेर समाचार प्रकाशित गरेपछि भारतीय चासो प्रष्ट रुपमा सार्वजनिक भएको हो ।
नेपालले भारतसँग् वर्षौँ अघिदेखि संयुक्त सैन्य अभ्यास गर्दै आएकामा चीनसँग पनि त्यस्तै अभ्यास हुन लागेको अवस्थामा अनावश्यक प्रचार मात्र भएको नेपाली सेनाका अधिकारीहरु बताउँछन् ।
स्रोतका अनुसार चिनियाँ पक्षले नेपाललाई २ महिनापछि तालिम गर्न प्रस्ताव गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्