
काठमाण्डौ – मिडिया फर बोर्डर हार्मोनीको आयोजनामा भारत–नेपाल मैत्री संवादबारे भारतको सीमावर्ती सिक्टामा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं भारतका पूर्व केन्द्रीय शिक्षामन्त्री डा। रघुवीर सिंहले नेपाल–भारतको सम्बन्ध परापूर्वकालदेखि धार्मिक, सांस्कृतिक र सामाजिक भएको बताए ।
उनले भारतसँग जोडिएका नेपालको मधेशी समुदायको हकहित संविधानमा सम्बोधन गरिनुपर्ने बताए । कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं सांसद लालबाबू राउत गद्दीले नेपाल–भारतको जस्तो सम्बन्ध विश्वमा अन्यत्र कतै नरहेको दाबी गरे ।
तमलोपाका महामन्त्री जीतेन्द्र सोनलले भारतीयहरूलाई विगतका आन्दोलनभैंm सहयोग जारी राख्न आग्रह गरे । उनले हकअधिकारको लागि नेपालमा मधेसी समुदायले पुनः आन्दोलन गर्न सक्ने हुनाले तम्तयार रहन आग्रह गरे ।
मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अमरेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतका पूर्वमन्त्री सञ्जय पासवान, सांसद सतीश दुबे, डा। सञ्जय जयसवाल, रेणु देवी, पत्रकार चित्तरञ्जन गुप्ता, पङ्कज कुमार, सञ्जयप्रकाश पाण्डेय, पर्साका सांसद फूलझरी देवी, पूर्वसभासद् आत्माराम साहलगायतको उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्