
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल आयल निगमले भारतभन्दा नेपालमा पेट्रोल र डिजेल लिटरमै १८ रुपैयाँ ७५ पैसा र डिजलमा २५ रुपैयाँ २ पैसा सस्तो रहेको दाबी गरेको छ।
निगमले आर्इतबार रातीदेखि लागु हुने गरी पेट्रोल,डिजल र मट्टितेलमा साढे चार रुपैयाँ मूल्य बढाउँदा भारतभन्दा सस्तो भएको तर्क अघि सारेको थियो। निगमको तर्क थियो, नेपालमा तेल सस्तो हुँदा भारततर्फ अपचलन भयो।त्यसैले मूल्य बढाउनुको विकल्प भएन।भारतका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको मूल्य फरक छन्।
राज्य अनुसार मूल्य फरक हुने भएकोले पेट्रोलियम पदार्थको मूल्यमा एक रुपता छैन।दिल्लीमा पेट्रोल र डिजलको मूल्य क्रमश १ सय २० रुपैयाँ ३० पैसा र ९० रुपैयाँ ६८ पैसा छ। नेपालमा मूल्य बढाएपछि पेट्रोल र डिजलको मूल्य प्रति लिटर १ सय १ रुपैयाँ ५० पैसा र ७७ रुपैयाँ ५० पैसा छ।
यो आधारमा दिल्ली भन्दा नेपालमा पेट्रोल र डिजलमा १३ रुपैयाँ १८ पैसा र ८ रुपैयाँ ८ पैसा सस्तो छ। भारत भन्दा नेपालमा तेल सस्तो हुँदा अपचलनको समस्या हुन्छ। पछिल्लो समयमा नेपालमा तेल ल्याएर फेरी भारत लैजाने क्रम बढेको निगमले समेत जनाएको छ।
निगमका अनुसार सीमा क्षेत्रमा नेपालबाट तेल गएकोले अस्वभाविक माग देखिएको छ। लोडसेडिङ घट्दा समेत डिजलको माग अस्वभाविक रुपमा बढेको भन्दै निगमले सीमा क्षेत्रमा अध्ययन गर्न थालेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्