
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संविधान संशोधनको विपक्षमा उभिने निर्णय गरेको छ ।
परिवार दलद्वारा जारी प्रेस नोट अनुसार संविधान संशोधन प्रस्तावलाई यथाअवस्थामा समर्थन गर्न नसकिने जनाएको हो । सरकारले अगाडि सारेको संशोधन प्रस्तावलाई परिवार दलले बिबादास्पद भन्दै आलोचना गरेको छ ।
मंगलबार पुरानो बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संशोधनको विपक्षमा उभिने निर्णय गरेको जनाइएको छ । परिवार दलका दुई सांसद छन् ।
केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि परिवार दलका अध्यक्ष एकनाथ ढकालले एमालेका अध्यक्ष केपी ओलीलाई भक्तपुरको बालकोटमा पुगेर भेट गरेका थिए । त्यसलगत्तै बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र संशोधनको विपक्षमा उभिने निर्णय गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्