
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – एसबिआई बैंकले आइतबारदेखि ९७१ रुपैयाँमा ८७१ प्रिमियम मूल्य ६७,७६८ कित्ता फर्दर पब्लिक अफरिङ एफपिओ जारी गरेको छ।
३ अर्ब ८८ करोड ३७ लाख चुक्ता पूँजी रहेको एसबिआईको एफपिओपछि ६७ लाख रुपैयाँ थपिएर करिब ३ अर्ब ८९ करोड पूँजी पुग्ने छ।
बैंकले एफपिओपछि थपिने पूँजीमा २८ प्रतिशत बोनस र १।५३ प्रतिशत नगद लाभांश दिने जनाएको छ। बोनसपछि बैंकको पूँजी ४ अर्ब ९७ करोड ९७ लाख पुग्ने छ। बोनस सूचीकरणपछि कम्पनीको शेयर मूल्य समायोजन हुनेछ।
नेपाल स्टक एक्सेन्जका अनुसार बैंकको ६ महिनाको औषत मूल्य १ हजार ८ सय २२ रुपैयाँ रहेको छ ।गत बिहिबार कारोबार मूल्य १ हजार ४ सय ६० रुपैयाँ थियो।बैंकको गत आर्थिक बर्ष ०७२र०७३ को अपरिष्कृत वित्तिय प्रतिवेदन अनुसार बैंकको मुनाफा १ अर्ब ३३ करोड रुपैयाँ छ। यो आर्थिक वर्ष भन्दा २७।३५ प्रतिशत बढी हो।

बैंकको प्रति शेयर आम्दानी ३४।२९ रुपैयाँ, नेटवर्थ १५९।६७ रुपैयाँ, खराब कर्जा ०।१३ प्रतिशत रहेको छ भने पिई रेसियो ४३ गुणा बढी छ। पिई रेसियो २०(२५ भएका कम्पनी कम जोखिमयुक्त मानिन्छन्।
शेयर संख्यामा भएको वृद्धि अनुपातमा व्यवसाय वृद्धि नभए बैंकको प्रति शेयर आम्दानी घट्ने सम्भावना रहन्छ। एफपिओ पूर्ण खरीद भए बैंकले एफपिओ प्रिमियमबाट ५ करोड ९० लाख मुनाफा कमाउनेछ।
कस्तो रहला एफपिओमा आकर्षण
यो एफपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम ६७० कित्ता आवेदन दिन सकिन्छ।लगानीकर्ता फोरमका महासचिव बच्चुराम रिमाल भन्छन्, सानो कित्तामा आएको एफपिओले बजारलाई असर गर्दैन।
सबै शेयर बिक्री भएपनि लगानीकर्ताले धेरै मुनाफा कमाउने सम्भावना रहँदैन। लगानीकर्ता नवराज घिमिरे बजार घट्ने क्रममा रहेकाले एफपिओमा प्रस्ताव गरिएको मूल्यमा बजारबाटै शेयर किन्न सकिने अवस्था आउने बताउँछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्