×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण एसियामै समृद्धि सूचकमा दोस्रो स्थानमा नेपाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दक्षिण एसियामै समृद्धि सूचकमा दोस्रो स्थानमा नेपाल

Artha Sarokar

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – सन् २०१६ को विश्व समृद्धि सूचकांकका अनुसार भारतभन्दा नेपाल समृद्ध देखिएको छ । बेलायतको लेगाटम इन्स्टिच्युटले हालै सार्वजनिक गरेको लेगाटम समृद्धि सूचकमा समेटिएका विश्वका एक सय ४९ मुलुकमध्ये नेपाल ९४औँ स्थानमा छ ।
भारत नेपालभन्दा १० स्थान तल १०४औँ स्थानमा छ । सम्पत्ति र जनकल्याणसम्बन्धी विभिन्न आधारमा समृद्धि सूचक हरेक वर्ष प्रकाशित हुँदै आएको छ । नेपाल अघिल्लो वर्षको भन्दा पाँच स्थान तल झरेको हो ।
समृद्धि सूचकका अनुसार दक्षिण एसियामा नेपाल श्रीलंकापछिकै दोस्रो समृद्ध मुलुक हो । नेपालभन्दा माथि रहेको श्रीलंका ५६औँ स्थानमा छ । त्यस्तै, भारत १०४औँ, बंगलादेश ११४औँ, पाकिस्तान १३९औँ र अफगानिस्तान १४८औँ स्थानमा छन् ।
भुटान र माल्दिभ्सलाई यो सूचकमा समावेश गरिएको छैन । समृद्धि सूचकमा अर्थतन्त्र, शासन व्यवस्था, उद्यमशीलता एवं अवसरको प्राप्ति, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजीजस्ता उपसूचक समावेश छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी