
काठमाण्डौ – नेपल पर्यटन बोर्डले २० जना अधिकृतको लागि जागिर खुलाउने तयारी गरेको छ। कर्मचारी दरबन्दी पूरा गर्न लोकसेवा आयोगबाट अनुमति पाएपछी पर्यटन बोर्ड संचालक समितिको मंंगलबार बसेको बोर्ड बैंठकले आन्तरिक वढुवासहित पदपूर्ति गर्ने निर्णय गरेको जनाइएको छ।
अख्तियार दुरपयोग अनुसन्धान आयोगको कारवाहीका कारण ४ जना निर्देशकसहित बोर्डका आधा दर्जन भन्दा बढी कर्मचारी निलम्बनमा परेकाले ६२ जनाको दरबन्दी आधामा खुम्चिएको छ। जसकारण बोर्डले चुस्त रुपमा कार्य गर्न सकिरहेको छैन।
हाल बोर्डमा प्रमुख कार्यकारी अधिकृत भन्दा तल वरिष्ठ निर्देशक तथा निर्देशक खालि छन भने दुई जना प्रबन्धक मात्रै रहेका छन। बोर्डमा तल्लो तहको कर्मचारीमात्रै हुँदा काम गर्न असहज भएकाले आन्तरिक बढुवा गरि रिक्त हुन पुगेको तल्लो तह अर्थात अधिकृत स्तरका कर्मचारी भने नयाँ भर्ना गर्ने गरी बोर्डले तयारी गरिरहेको र्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले जानकारी दिएका छन।
तत्कालै नयाँ कर्मचारी लिने प्रक्रिया अगाडि बढाउन बोर्डले निर्णय गरेर पदपूर्ति समितिमा पठाईसकेको छ। समितिले कोर्सको डिजाइन र आवश्यक तयारीसहित सार्वजनिक सूचना जारी गर्ने भएको छ।
समितिले तयार पारेको कर्मचारी नियुक्ती तथा नयाँ भर्ना लिने विषयमा आवश्यक कोर्स पनि तयार गर्ने छ । बोर्डले बनाएको कोर्सलाई लोकसेवाले स्वीकृति दिने र नयाँ कर्मचारीको परीक्षा पनि बोर्डले नै लिने जनाइएको छ।
नेपाल पर्यटन बोर्ड नेपालको एकमात्र सार्वजनिक निजी साझेदारी ९पीपीपी०उत्कृष्ट नमूना संस्था हो। बोर्डले नेपाल आउने विदेशी पर्यटक फर्कदा प्रति पर्यटक एक हजार रुपैयाँ सेवा शुल्क लिने गरेको छ । बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड विक्री गर्ने र बोर्डको अन्य स्रोतबाट गरेर बार्षिक एक अर्ब रुपैयाँ भन्दा बढीको बजेट बनाउने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्