
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाली कांग्रेस स्थानिय निकायको चुनावमा प्रतिपक्ष नेकपा एमालेकै लाइनमा उभिएको छ । संसदमा दर्ता भएको संविधान संसोधन विधेयकलाई तत्काल स्थगित गरेर भएपनि स्थानीय निकायको चुनावको मिति घोषणा गर्नुपर्ने कांग्रेसको निस्कर्ष छ । चुनाव घोषणा गरेपछि संसोधन विधेयक अगाडी बढाउन सहज हुने कांग्रेस नेताहरुको बुझाई छ ।
सोमबार बिहान सिंहदरबारमा बसेको छलफलमा कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठकले पुरानै संरचनामा गर्नेगरि तत्काल स्थानीय निकायको चुनाव घोषणा गर्नुपर्ने निस्कर्ष निकालेको हो । कांग्रेस नेता रामचन्दै पौडेलले अब नयाँ संरचना अनुसार सम्भव नभएकाले पुरानै र्संरचनामा चुनाव गराउनुपर्नेमा कांग्रेसको निस्कर्ष रहेको बताए ।
‘पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार स्थानीय तह स्थापित गर्न समय लाग्छ,’ पौडेलले भने, ‘संक्रमणकालीन व्यवस्थाअनुसार स्थानीय चुनाव गर्न सम्भव छ, गर्नुपर्छ ।’
कांग्रेसको आइतबारको बैठकले पनि दलीय सहमति जुटाएर स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई भनेको थियो ।
Web Hosting Nepal -Prabhu Host
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्