×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकलाई ब्रोकर लाईसेन्स दिन नेप्से सकारात्मक, बजार बढ्ने संकेत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंकलाई ब्रोकर लाईसेन्स दिन नेप्से सकारात्मक, बजार बढ्ने संकेत

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–नेपालस्टक एक्सचेञ्ज (नेप्से) बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरामा  सकारात्मक देखिएको छ । 
बैंकहरुलाई लाइसेन्स दिने विषय लामो समयदेखि चर्चामा छ ।
नेप्सेको निस्कृयताले यसमा खासै प्रगति हुन सकेको छैन । सयर लगानीकर्ता संघको टोलीसँग आइतबारको भेटमा नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले आफू बैंकलाई लाइसेन्स दिन सकारात्मक रहेको बताएका  हुन्। उनले ब्रोकर कम्पनीहरुको शाखा उपत्यकाबाहिर विस्तार गर्नसमेत नेप्से तयार भएको बताएका थिए । 
टोलीमा सहभागि एक लगानीकर्ताक अनुसार महाप्रबन्धक थपलियाले बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरामा आफू गम्भिर रहेको बताएका थिए । नेप्सेले छिट्टै ब्रोकरको शाखा विस्तार गर्ने र बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरामा आफू विश्वस्त भएको ती लगानीकर्ताले बताए।
धितोपत्र बजार विस्तार गर्न बाणिज्य बैंकलाई लाइसेन्स, ब्रोकरको शाखा उपत्यकाबाहिर विस्तार, क्लियरिङ बैंकको संख्या थप्नु पर्ने र अनलाइनबाटै कारोबार गर्नु पर्ने आवाज उठ्दै आएको छ । यसअघि नेप्सेले यी कुरामा सक्रियता देखाएको थिएन ।  

अनलाईन ट्रेडिङ सञ्चालन ल्याउने विषयमा भने पुनरावेदन अदालतमा मुद्दा परेको छ । अदालतमा विचाराधिन मुद्दाको टुंगो लागेपछि मात्रै अगाडि बढ्ने नेप्सेका पदाधिकारीले बताएको ती लगानीकर्ताले जानकारी दिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: