×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६०० विन्दुमा अड्कियो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१६०० विन्दुमा अड्कियो नेप्से

१६ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – साताको अन्तिम दिन शेयर बजार न्यून अङ्कले ओरालो लागेको छ । पहिलो १ घण्टा सम्म उतार चढावमा रहेको बजार त्यसपछिको व्यापार भने सुस्ताएको थियो । बिहीवार नेप्से शून्य दशमलव ४९ प्रतिशत अर्थात् ७ दशमलव ८४ अङ्कले घटेर १ हजार ६ सय दशमलव ४९ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन नेप्सेको उच्च विन्दु १ हजार ६ सय २४ रहेको छ भने १ हजार ५ सय ८६ न्यून विन्दु रहेको छ । विकास बैङ्क, उत्पादन तथा प्रशोधन समूह र ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । नेप्सेमा कारोबार रकम रू. १ अर्ब २० करोड पुगेको छ भने कुल बजार पूँजीकरण रू. १७ खर्ब ८० अर्ब पुगेको हो ।
शिखर इन्स्योरेन्सको रू. १० करोड ९५ लाख बराबरको रकम कारोबार भएको छ । कम्पनीको शेयर मूल्य रू. १ सय १० ले बढेर अन्तिम मूल्य रू. ३ हजार ७ सय ५० पुगेको छ । यस कम्पनीको २ सय ४५ पटकको व्यापारमा २९ हजार २० कित्ता शेयर कारोबार भएको हो । यस कम्पनीको पुस ८ गते हुन लागेको १२ औं वार्षिक साधारण सभामा ६० प्रतिशत वोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश र प्रिमियममा साधारण शेयरको नया निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव लैजाँदै छ । साधारण सभा प्रयोजनका लागी मङ्सिर २४ गते देखि साधारण सभा नभए सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ ।
यस दिन मितेरी डेभलपमेण्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । साथै, अरु ६ कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले वृद्धि भएको छ । युनाइटेड फाइनान्सको शेयर मूल्य ६ दशमलव ८४ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ३ सय ५४ पुगेको छ । नेप्सेमा कारोबार भएका कम्पनी मध्ये ५४ कम्पनीको शेयरमूल्य बढेको छ, ७५ कम्पनीको शेयरमूल्य घट्यो र ९ कम्पनीको शेयर मूल्य स्थिर र≈यो । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ७२ अङ्क रहेको छ । यसले बजार बियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।
बीमा बैङ्क समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव २७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव १६ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक २ दशलमव शून्य ८ प्रतिशतले घटेको छ । रिडी हाइड्रोपावर बाहेक कारोबारमा आएका सबै जलविद्युत समूहको परिसूचक घटेपछि यस समूहको परिसूचक ४२ दशमलव ६४ अङ्कले घटेको हो । साथै, होटल समूहको परिसूचक १ दशमलव ९२ प्रतिशत, बैङ्किङको शून्य दशमलव ६९ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ६५ प्रतिशत र बीमाको शून्य दशमलव ४८ प्रतिशतले घटेको हो ।
विहीवार नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ३७ दशमलव ६६ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । नेप्सेमा १ सय ३८ कम्पनीको ८ हजार ४ पटकको व्यापारबाट १६ लाख ५० हजार ७ सय २७ कित्ता शेयर किनबेच भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी