
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव २५ प्रतिशतले बढेको छ । पहिलो डेढ घण्टा सम्म उतार चढावमा रहेको बजार त्यसपछि भने उकालो लाग्न थालेको हो । १ घण्टाको व्यापारमा शेयर बजार ३ दशमलव ८४ अङ्कले बढेर १ हजार ५ सय १९ दशमलव ९२ बिन्दुमा पुगेको हो ।
जलविद्युत्, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूह बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा १ सय १५ कम्पनीको १ हजार २ सय ४९ कम्पनीको रू। १७ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको हो ।
होटल समूहको परिसूचक १ दशमलव ७६ प्रतिशतले बढेको छ । साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ७८ प्रतिशत, बैङ्किङ र विकास बैङ्कको शून्य दशलमव २४ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ५ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्यूत् समूहको परिसूचक १ दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १९ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्