×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से शून्य दशमलव ४२ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्से शून्य दशमलव ४२ प्रतिशतले घट्यो

Artha Sarokar

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेको छ । १ हजार ५ सय ३० बिन्दुबाट खुलेको शेयर बजार २ घण्टाको व्यापारमा ६ दशमलव ३७ अङ्कले घटेर १ हजार ५ सय २३ दशमलव ६९ बिन्दुमा पुगेको हो । 
होटल समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय १२ कम्पनीको १ हजार ७ सय ८७ पटकको व्यापारमा रू। २९ करोड ८ लाख बराबरको शेयर कारोबार भएको हो ।
होटल समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ४२, बीमाको शून्य दशमलव ३६,  विकास बैङ्कको शून्य दशमलव १६, जलविद्युतको शून्य दशमलव १४, ‘अन्य’ को शून्य दशमलव १२ र उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी