×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से २.१० प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्से २.१० प्रतिशतले घट्यो

Artha Sarokar

१२ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – मङ्गलवार नेप्से परिसूचक २ दशमलव १० प्रतिशतले घटेको छ । पहिलो कारोबारदेखि ओरालो लागेको शेयर बजार १ घण्टाको व्यापारमा ३० दशमलव शून्य ९ अङ्कले घटेर १ हजार ४ सय २ दशमलव ४८ विन्दुमा झरेको हो ।
 कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा ज्योति विकास बैङ्कको संस्थापक शेयरको रू। १ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । यस संस्थापक शेयरको प्रति कित्ता शेयर रू।१ सय ७० मा किनबेच भइरहेको छ ।
बैङ्किङ समूहको परिसूचक २ दशलमव ७ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक २ दशमलव ६८ प्रतिशत र बीमाको २ दशमलव ६९ प्रतिशतले घटेको छ । साथै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ९७ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ८७ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव १६ प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी