
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – विहीवार नेप्से परिसूचक २ दशमलव ६० प्रतिशतले बढेको छ । १ हजार ४ सय १३ विन्दुबाट खुलेको शेयर बजार उतार चढाव सँगै ३ घण्टाको व्यापारमा परिसूचक ३६ दशमलव ७८ अङ्कले बढेर १ हजार ४ सय ४९ दशमलव ९३ विन्दुमा पुगेको हो ।
कारोबारमा आएका ‘अन्य’ समूह बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । बीमा समूहको परिसूचक उच्च अङ्कले बढेको छ । यस व्यापार अवधिमा १ सय २२ कम्पनीको २ हजार ७ सय ८८ पटकको व्यापारमा रू ३७ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ ।
बीमा समूहको परिसूचक ६ दशमलव ३ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक २ दशमलव ५८ प्रतिशत र जलविद्युतको २ दशमलव १६ प्रतिशतले बढेको छ । साथै, होटल समूहको परिसूचक १ दशलमव ९ प्रतिशत, वित्त कम्पनीको १ दशलमव ८७ प्रतिशत र विकास बैङकको १ दशलमव ४८ प्रतिशतले बढेको हो । ‘अन्य’ समूहको भने शून्य दशमलव २ प्रतिशतले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्