
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेपाल स्टक एक्सचेन्ज, नेप्सेलाई सेयर बजार सुधार तथा बिस्तार गर्नका लागि आवश्यक प्रक्रिया सिघ्र रुपमा अघि बढाउन निर्देशन दिएको छ।
धितोपत्र कारोवारलाई छिटो छरितो रुपमा सम्पन्न गर्न, क्लियरिङ्ग बैंक थप गरी सुविधा दिन तथा हाल धितोपत्र दलाल व्यवसायीहरुको सेवा काठमाडौं उपत्यका बाहिर विस्तार गर्नका लागी बोर्डले निम्नलिखित ४ व्यवस्था गर्न गराउन निर्देशन दिएको हो।
१. हाल धितोपत्र बजारमा धितोपत्रको नियमित कारोवार १० कित्ता वा सोभन्दा माथिको मात्र हुने र अडलट कारोवार नहुने व्यवस्था रहेकोमा धितोपत्रको अभौतिक कारोवार शुरु भएकोले धितोपत्रको नियमित कारोवारमा १० कित्ताभन्दा कमको समेत कारोवार हुन सक्ने व्यवस्था गरी १० कित्ताभन्दा कम कित्ताको कारोवारले मूल्य सीमा एच्क्ष्ऋभ् चबलनभ० परिवर्तन गर्न नसक्ने व्यवस्था गर्ने गराउने निर्देशन दिएको छ।
२ .१० कित्ता वा सोको भाग नजाने साना कित्ताले खरीदकर्ताको ठूलो खरीद आदेश समेत स्वतः खारेज हुने भन्ने गुनासो आएको हुँदा सो सम्बन्धमा समेत आवश्यक सुधार गरी खरीद आदेशमा बाँकी रहेको खरीद सीमा कारोवार प्रणालीमा कायम रहने व्यवस्था यरिङ्ग बैंक थप गर्न शीघ्र व्यवस्था गर्ने निर्देशन दिएको छ।
३. बोर्डको निर्देशनअनुरुप काठमाण्डौ उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा बिस्तार गर्ने वा दलाल व्यवसायी थप गरी गर्ने र यस सम्बन्धी प्रावधान नयाँ कारोवार विनियमावलीमा समेत व्यवस्था मिलाउन निर्देशन दिएको छ।
४.बोर्डको निर्देशनअनुरुप धितोपत्र कारोवारको राफसाफ तथा फछ्रर्यौट कार्यलाई छिटो छरितो रुपमा सम्पन्न गर्न र क्लियरिङ्ग बैंकको सेवालाई चुस्त बनाउन मिति २०७३ भाद्र १५ सम्म क्लियरिङ्ग बैंक थप गर्ने प्रतिबद्धता गरेकोमा हालसम्म नभएकोले कम्तिमा दुई क्लिक्षमता बिस्तार गर्ने सम्बन्धमा समेत मिति २०७३ भाद्र १५ सम्म धितोपत्र दलालको सेवा बिस्तार गर्ने प्रतिबद्धता जाहेर गरेकोमा हालसम्म पनि नभएकोले सो सम्बन्धमा शीघ्र सिफारिश गरी बोर्डमा पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ।
क्लियारिंङ बैंक थप गर्ने, हाल कायम सेयर दलालहरुको कार्य क्षमता बिस्तार गरी कार्यलाय विस्तार गर्ने सम्बन्धमा कार्यदल गठन भएपनि प्रतिबेदन प्राप्त गरी आवश्यक कार्य अघि बढाउनु पर्ने भएपनि नेप्सेले अहिलेसम्म ठोस कार्य गर्न नसक्दा बोर्डले पुनस् निर्देशन दिएको हो। बोर्डले मङ्सिर २० गते जारि गरेको बिज्ञप्तीमा लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गर्दै बजार सुधारका स्वीकृत ५ कार्यक्रम सार्वजनिक गरेको थियो। सो बिज्ञप्तीमा समेत बोर्डले नेप्सेलाई बिगतमा प्रतिबद्दता जनाएका कामहरु तत्काल गर्न निर्देशन दिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्