×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

०.१४ प्रतिशतले घट्यो नेप्से (२ बजेको अपडेट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

०.१४ प्रतिशतले घट्यो नेप्से (२ बजेको अपडेट)

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव १४ प्रतिशतले घटेको छ । लगातार ओरालो लागिरहेको बजार ३ घण्टाको व्यापारमा १७ दशमलव ६४ अङ्कले घटेर १ हजार ५ सय २७ दशमलव ०४ विन्दुमा पुगेको हो । 
उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय ३१ कम्पनीको २ हजार ६ सय ९६ पटकको व्यापारमा रू. २८ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ४१ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूहको परिसूचक ३ दशमलव २२ प्रतिशत, वित्त कम्पनीको १ दशमलव ३८ प्रतिशत, विकास बैङ्कको १ दशमलव १९ प्रतिशत, बैङ्किङको १ दशमलव शून्य १ प्रतिशत, बीमाको १ दशमलव ३८ प्रतिशत र ‘अन्य’ समूहको शून्य प्रतिशतले घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: