
काठमाडौं – साताको पहिलो दिन नेप्से परिसूचक १ दशमलव ४२ प्रतिशतले घटेको छ । विहानैदेखि घटिरहेको बजार अन्त्यमा पनि घटेरै बन्द भएको छ । दिनभरीको व्यापारमा शेयर बजार २१ दशमलव ८८ अङ्कले घटेर १ हजार ५ सय २२ दशमलव ८० विन्दुमा पुगेको हो । उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । नेप्सेमा कारोबार रकम रू. २० करोड १५ लाखले घटेर रू. ४० करोड ५५ लाख पुगेको छ । यस दिन १ सय ४१ कम्पनीको ३ हजार ८ सय १९ पटकको व्यापारबाट ७ लाख ७ सय ३६ कित्ता शेयर किनबेच भएको छ ।
एभरेष्ट बैङ्कको रू. ३ करोड १७ लाख बराबरको रकम कारोबार भएको छ । कम्पनीको अन्तिम मूल्य रू. ३ हजार २ सय १२ पुगेको छ । यस दिन नमस्ते बित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ४ सय २४ पुगेको छ । साथै, एनबि इन्स्योरेन्सको शेयर मूल्य ७ दशमलव ४१ प्रतिशतले बढेको हो । अपि पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ८१ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ४ सय ३२ पूगेको छ । साथै, पोखरा फाइनान्सको शेयर मूल्य ९ दशमलव ६७ प्रतिशत र अरुण फाइनान्सको ९ दशलमव २७ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूहको परिसूचक ३ दशमलव ८२ प्रतिशत, होटलको ३ दशमलव ५६ प्रतिशत र बीमाको २ प्रतिशतले घटेको छ । साथै, वित्त कम्पनी समूहको परिसूचक १ दशमलव ६ प्रतिशत, विकास बैङ्कको १ दशमलव ५१ प्रतिशत, बैङ्किङको १ दशमलव २४ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशलमव ३६ प्रतिशतले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्