
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको ताजा अवस्था सार्बजनिक गरेको छ । बैंकले सार्बजनिक गरेको ताजा अवस्था आर्थिक वर्ष २०७३/७४ को चार महिनासम्मको तथ्याङ्कमा आधारित छ ।
जस अनुसार बैंकले यस समिक्षा अवधिमा नेप्से सूचकाङ्कमा ५५.५ प्रतिशतको वृद्धि भएको जनाएको छ । २०७३ असोज मसान्तको १,८०३.७ विन्दुबाट २०७३ कात्तिक मसान्तमा नेप्से सूचकाङ्क १,७०१.९ विन्दुमा ओर्लेको छ । वार्षिक विन्दुगत आधारमा २०७३ कात्तिक मसान्तमा भने नेप्से सूचकाङ्कमा ५५.५ प्रतिशतको वृद्धि भएको बैंकले जनाएको हो ।
त्यस्तै आर्थिक वर्ष २०७३/७४ को पहिलो चार महिनामा कुल सेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५७.१ प्रतिशतले वृद्धि भई रु. ८७ अर्ब ८ करोड पुगेको छ । डिम्याट प्रणालीबाट कारोबार भई स्टकको तरलता बढेको, चालुआर्थिक वर्षदेखि नेप्सेको कारोबार समयमा वृद्धि भएको तथा नेप्से सूचकाङ्कमा ठूलो वृद्धि भएका कारण कुल कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको राष्ट्र बैंकको भनाई छ ।
बैंकले वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको बताएको छ । बैंकका अनुसार २०७३ कात्तिक मसान्तसम्ममा कुल १२० वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये ७९ वटा संस्थाहरुको इजाजत खारेज हुनगई कुल ४१ संस्था कायम रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्