Skip to content
LAXMI SUNRISE BANK

नेप्से ० ७३ प्रतिशतले घट्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – बिहीवार नेप्से परिसूचक शून्य दशमलव ७३ प्रतिशतले घटेको छ । १ हजार ५ सय ५३ विन्दुबाट खुलेको बजार ३ घण्टाको व्यापारमा परिसूचक ११ दशमलव २८ अङ्कले घटेर १ हजार ५ सय ४२ दशमलव ६२ विन्दुमा पुगेको हो ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय २४ कम्पनीको २ हजार ६ सय ६८ पटकको व्यापारमा रू। ३७ करोड २ लाख बराबरको शेयर कारोबार भएको हो ।

जलविद्युत समूहको परिसूचक १ दशमलव ९१ प्रतिशत र अन्य समूहको परिसूचक  १ दशमलव १३ प्रतिशतले घटेको छ । साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ८६ प्रतिशतले घटेको छ । त्यसैगरी,  बैङ्किङ र वित्त  कम्पनीको शून्य दशमलव ६५ प्रतिशतले घटेको छ  भने  विकास बैङ्कको शून्य दशमलव  ५२ प्रतिशत र होटलको शून्य दशमलव १३ प्रतिशतले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK