×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाललाई सिक्किमिकरण गर्ने षड्यन्त्र भईरहेको छ : केसी

LAXMI SUNRISE BANK

नेपाललाई सिक्किमिकरण गर्ने षड्यन्त्र भईरहेको छ : केसी

२२ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पूर्व देखि पश्चिम तराईलाई पहाडबाट अलग गरेर सिक्किमिकरण गर्न लगेको बताएका छन् ।

बुधबार बसेको संसदको बैठमा विशेष समय दिएर बोल्दै उनले भने यो ग्राण्डडिजाइन अन्तरगत आयको संशोधन प्रस्ताव हो, यो कुनै हालतमा पनि मान्य हुने छैन् । इतिहास साक्षि छ, नेपाली जनताको स्वाभिमानले यो देश बनेको हो ।

५ नम्बर प्रदेशबाट पहाडी र तराईका जिल्ला अलग गर्ने यो वषौँ देखिको षडयन्त्र हो । विस्तारै पुर्व र पश्चिमका जिल्ला पनि अलग गरेर तराईलाई सिकिम्म बनाउन लगेको बताएका छन् । यो ख्यालठ्ट्टा होइन ठूलो षड्यन्त्र भइरहेको छ ।  पाँच नम्बर प्रदेश टुक्रयर माग पुरा हुन्न यो प्रस्ताव तुरुन्त फिर्ता लिर्ने बताएका छन् ।

सत्ताको लागी विदेशिको कठपुतली भएर राजनीति नगर्न चेतावनी समेत दिएका छन् । केसीले बोले लगत्तै विपक्षी सांसदहरु आ–आफ्नो स्थानबाट उभिए पछि संसद अवरोध भएको हो । सभामुख घर्तीले संसद बैठक २४ गतेसम्मका लगि स्थगित गरेकि छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी