×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युयोर्क टाइम्स लेख्छ : विदेशी धर्तिमा हजारौ नेपालीको मृत्यु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

न्युयोर्क टाइम्स लेख्छ : विदेशी धर्तिमा हजारौ नेपालीको मृत्यु

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

एजेन्सी – विश्व प्रसिद्ध अखवार न्युयोर्क टाइम्सको समेत विदेशमा नेपाली कामदारको संख्या र मृत्युबारे ध्यानाकर्षण हुनु तर नेपालको सरकारलाई यस विषयमा कुनै मतलव नहुनु लाजमर्दो कुरा हो । सिंहदरवार, वि आई सी सी र वालुवाटारको शब्दकोशबाट गएको केहि समय यता धेरै शब्दहरु गायब भएका छन् ।
त्यसमध्य लाज भन्ने शव्द पनि गायव भइसकेछ । जिउँदाहरुको कमाईको निश्चित प्रतिशतले अबौं डलर भित्र्याउने र मृतकहरुको लाश समयमा परिवारलाई वुझाउन समेत तदारुकता नदेखाउने यस्तो गैरजिम्मेवार राज्य संयन्त्र सायद संसारमै होलान ।
नेपालको कुल जनसंख्याको १० प्रतिशत बढी मानिसहरु विदेशमा काम गर्छन । गएका ८ बर्षको सरकारी आँकडाले समेत ५ हजार नेपाली नागरिक मृत्युको शिकार भएका छन् । यो खवर न्युयोर्क टाइम्सले समेत प्रकाशित गरेको छ ।
यो संख्या इराक युद्धमा मारिएका अमेरिकी सेनाको भन्दा वढी हो । आगामी वर्ष यस मृत्युको कारणबारे जाँच गरिने योजना वनाइदै छ । विदेशमा रहेका नेपाली कामदारको मृत्युको कारणलाई अहिलेसम्म प्राकृतिक भनिदै आएको छ ।
यस्ता मृत्युलाई प्राय हर्ट अट्याक वा अरु कुनै स्वभाविक मृत्यु भनिदै आएको छ । तर डाक्टरहरुले यस्तो प्रकारको मृत्युमा सन्देह व्यक्त गरेका छन् । विदेशमा नेपाली कामदारको मृत्युको कारणको प्यार्टन झण्डै एउटै प्रकारको देखाइने गरिएको छ ।
अक्सर खाडी मुलुक र संसारका विभिन्न देशहरुमा पनि थकावटले हैरान नेपालीहरु काम सकिएछि विस्तरामा सुत्छन र उनीहरु फेरि उठ्न सक्दैनन् । हर मृत्युमा यो समानता भेटिएको छ ।
सरकारी तथ्यांक अनुसार सन २००८ मा २ लाख २० हजार नेपाली वैदेशिक रोजगारीका लागि वाहिरिएका थिए । सन २०१५ मा यो संख्या वढेर दोब्बर भइसकेको छ । सन २०१६ मा वैदेशिक रोजगारीका लागि ५ लाख नेपाली वाहिरिए र तुलनात्मक रुपमा कुनै न कुनै रुपमा पिडा सहेर फर्किनेहरुको संख्या वढेको छ ।
२००८ मा २५सय नागरिक मध्य विदेशमा एक जनाको मृत्यु हुन्थ्यो भने २०१५ सम्म आईपुग्दा प्रत्यक ५सय नेपाली कामदार मध्य विदेशबाट एकजनाको लाश नेपाल आउने गरेको छ ।
गएका ८ बर्षमा ५ हजार नेपालीको विदेशी भूमिमा मृत्यु भएको पुष्टी सरकारी तथ्यांकले गर्छ । वैदेशिक रोजगारमा रहेको नेपालको युवाशक्तिबाट हरेक बर्ष ६ अर्ब डलर नेपाल भित्रिने गरेको छ । यो देशको कुल आयको ३० प्रतिशत हो ।
नेपालीहरु जस्तोसुकै प्रतिकुल मौसममा पनि काम गर्ने क्षमता राख्ने भएकाले विदेशमा उनीहरुको माग वढी हुने गरेको छ भने नेपाली दुतावासले उनीहरुलाई प्रोत्साहन गर्दै आएको छ ।
नेपाल सरकारको वैदेशिक रोजगार विभागका प्रवक्ता रमा भट्टराइले भने विदेशमा नेपाली कामदारको मृत्यु बारे अत्यन्तै गैरजिम्मेवारपूर्ण जवाफ दिदै आएकि छिन् । उनले आम नेपाली वसको खड्डा मुनि खसेर मृत्यु हुने गरेकाले विदेशमा हुने प्राकृतिक मृत्युबारे कुरा उठाउनु वेकार हो भन्दै विषयलाई निकै सामान्यीकरण गर्ने प्रयास गरेका छन् ।
प्रवक्ता भट्टराइको यो अभिव्यक्ति पनि राज्यसंयन्त्रको गैरजिम्मेवार व्यवहारको ज्वलन्त प्रमाण हो । यसले के देखाउँछ भने वैदेशिक रोजगार विभाग विदेशी भूमिमा मारिने नेपाली कामदारप्रति कति कठोर, निर्मम, अनुत्तरदायी र असंवेदनशिल रहेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: