
कारोबार तथा ब्यापार बिस्तारमा आक्रामक देखिएको एनआइसी एसिया बैंकले थप २० वटा नयाँ शाखा बिस्तार गर्ने भएको छ। बैंकले राजधानी बाहिरका विभिन्न स्थानमा नयाँ शाखा बिस्तार गर्न लागेको जनाएको छ।
बैंकले बैंकले भोजपुरको भोजपुर बजार, ओखलढुंगाको रामबगर, रुकुमको मुसीकोट, जागरकोटको खलंगा बजार, जुम्लाको चन्दनथान नगरपालिका, बजाङको चैनपुर, बाजुराको मार्तडी बजार, दार्जुलाको खलंगा बजार, मुगुको गमगडी, कालिकोटको मान्मा गाविसमा नयाँ शाखा खोल्न लागेको हो ।
त्यस्तै बैंकले तनहुँको भिमाद, रुपन्देहीको रुद्रपुर, सो फर्साटिकर र सालझण्डी नवलपरासीको रामनगर, कास्कीको नयाँपुल, बर्दियाको जयनगर, बाँकेको खजुरा र कैलालीको बौनियामा नयाँ शाखा खोल्न लागेको बैंकले जनाएको छ ।
हाल बैंकले ७४ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संचालनमा रहेका ७४ शाखा मध्ये ३१ वटा राजधानीमा र ४३ वटा राजधानी बाहिर छन् ।
बैंकले सन् २०२० सम्मका कुल कर्जामा कर्पोरेट कर्जा २५ प्रतिशत र विपन्न, रिटेल र साना तथा मझ्यौला कर्जा ७५ प्रतिशत पुर्याउने रणनीति लिएको छ । भिजन २०२० अनुसार बैंकले पछिल्लो समय राजधानी वाहिर मात्र शाखा विस्तारमा जोड दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्