×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको पछी लागेको भनेर निधीले थर्काए आफ्ना कार्यकर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एमालेको पछी लागेको भनेर निधीले थर्काए आफ्ना कार्यकर्ता

Artha Sarokar

६ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाली काँग्रेसका नेता एवं सरकारका उपप्रधान एवं गृह मन्त्री बिमलेन्द्र निधीले पार्टी नीति बिपरित प्रदर्शनमा उत्रिएको भन्दै कार्यकर्ताको सातो खाएका छन् ।
गुल्मीको भाडागाउँमा पुगेका मन्त्री निधीले सरकारले संसदमा पेस गरेको संविधान संशोधनको विरोधमा किन उत्रिएको रु भन्दै कार्यकर्ताको सातो खाएका हुन् । उनले सिमाङ्कन हेरफेर गुल्मी, पाल्पा, आर्घाखाँची लगायतका जनताको हितमै रहेकाले एमालेको पछी नलाग्न र पार्टी निर्णयको पक्षमा वातारण बनाउन नेता तथा कार्यकर्तालाइ निर्देशन दिए ।
नेकपा एमालेले अनावश्यक आन्दोलन चर्काएको र संसदलाई समेत चल्न नदिएर राष्ट्रियता विपरित काम गरेको निधिको टिप्पणी छ । मन्त्री निधीले नेकपा एमाले संघीयता बिरोधी पार्टी भएको भन्दै झुटको खेती गरेर आन्दोलनमा लाग्नेहरुबाट आफ्ना नेता कार्यकर्तालाई सतर्क रहन आग्रह गरे ।
‘संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको छ,  उनले भने— “उक्त प्रवृतिले राष्ट्रहीत नभइ राष्ट्रघात गर्ने काम मात्र भएको छ ।”
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी