
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारले संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजाने र अन्य विषयमा दलीय सहमति खोजेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बढीमा १० दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन् ।
बुधबार तीन दलको र मधेसी मोर्चासँगको मंगलबार भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने, संविधान संशोधन विधेयक र निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद्मा टेबुल गर्ने तथा त्यही अवधिभित्र स्थानीय तह निर्वाचनको मितिसमेत घोषणाको प्रस्ताव राखेका थिए ।
प्रचण्डले बुधबार पार्टी केन्द्रीय कार्यालय बैठकमा पनि सरकारको तयारीबारे जानकारी गराएका थिए । ‘संशोधन विधेयकलाई प्रक्रियामा लैजाने, अन्य विषयमा सहमति खोजी छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन घोषणा गरेर जाने सरकारको तयारी छ,’ प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त अर्को साता नै सरकारले दलहरूसँगको परामर्शका आधारमा निर्वाचनको मिति घोषणा गर्ने बताए । ‘केही दिनभित्रै निर्वाचनको मिति घोषणा हुन्छ । घोषणा हुन मोटामोटी हप्ता दिन लाग्ला ।’यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू नयाँ संरचनाका आधारमा स्थानीय तहकै निर्वाचन गर्ने सहमतिमा पुगेका हुन् । स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन तयार पारिसकेको अवस्थामा संविधान कार्यान्वयन गर्न पनि तहकै निर्वाचनमा जाने सहमति भएको छ ।
‘स्थानीय निर्वाचनको विषयमा प्रमुख तीन दलका हिजो आ–आफ्ना जोडकोण भए पनि अहिले स्थानीय तहकै निर्वाचन गर्ने कुरामा लगभग सहमति जुटेको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तीन दलको बैठकपछि भने, ‘हामीले स्थानीय तहकै निर्वाचन भनिरहेका थियौँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्