
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – उपत्यकाबाट बाहिरिने सबै पेट्रोलियम ट्यांकरहरुको अनुगमन सुरु भएको छ । उपत्यकामा डिजेलको माग र खपत ह्वात्तै बढेपछि ट्यांकरबाटै तेलको कालोबजारी भएको हुनसक्ने अशंकामा अनुगमन सुरु गरिएको हो ।
नेपालमाभन्दा भारतमा तेलको मूल्य महंगो भएकाले ट्यांकरहरुले तेल भारत नै पुर्याएर बिक्री गरेको ठअर आपूर्ति मन्त्रालयको छ । नेपालमा तेल सस्तो भएकै कारण नेपाली बजारबाट तेल लगेर भारतमा कालोबजारी गर्ने क्रम तीब्र भएको दावी आयल निगमको पनि छ ।
उपत्यका छाड्ने सबै ट्यांकरमा ग्रेज लगाएर तेल भएरनभएर हेर्न सुरु गरिएको हो । राजधानीमा लोडसेडिङ हुन छाडेपछि नेपाल आयल निगमले तेलको माग घट्ने प्रक्षेपण गरेपनि बजारमा मागको दर दोब्बर भएको छ र यसैका आधारमा तेलमा कालोबजारी भएको ठहर सरकारले गरेको छ ।
‘अहिले थानकोटमा विभाग र आयल निगमबाट खटिएका अधिकृतहरुले काठमाडौंमा तेल ल्याएर फर्किने ट्यांकी चेक जाँच गर्दैछन्’ महानिर्देशक धितालले भने,’२४ नै घण्टा सबै ट्यांकरलाई परीक्षण गरेरमात्रै पठाउन प्रहरीलाई पनि निर्देशन दिइएको छ ।’
उनकाअनुसार नागढुंगमा आइतबारदेखि टोलीले प्रहरीको सहयोगमा अनुगमन थालेको हो । ल्याएको सबै तेल नखन्याएर सेटिङमा भारत लगेर बेच्ने गरिएको दावी आयल निगमका अधिकारी पनि गर्छन् । नेपाल आयल निगमले वितरणका लागि दिएको तेल कतिपय पम्पधनीले सीधै सीमा क्षेत्रमा पुर्याउने गरेको उनीहरु बताउछन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्