
काठमाडौँ – एमालेको अवरोधका कारण बिहीबारको संसद बैठक अवरुद्ध भयो । सरकारले संविधान संशोधन विद्येयक दर्ता गरेको विरोधमा एमालेले पार्टीको पूर्व निर्णयअनुसार संसद बैठक अवरुद्ध गरको हो ।
बैठक अवरुद्ध भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली नजिकै पुगे । ओली नजिकै पुगेका प्रचण्डले उनीसँग कुरा गर्न खोजे । तर, ओलीले भने प्रचण्डको कुरा गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गरे ।
यी दुई नेताको नजिकै रहेका एमाले सांसद रबिन्द्र अधिकारीका अनुसार प्रचण्डको कुरा गर्ने प्रस्ताव अस्वीकार गर्दै ओलीले भने, ‘तपाईंको अनुहार पनि हेर्न मन छैन के कुरा गर्नु ।’
ओलीको त्यति कुरा सुनेपछि प्रचण्डले कुनै प्रतिक्रिया जनाएनन् । प्रचण्डको मौनताका बीच पुनः बोल्दै ओलीले भने, ‘एमाले चुनावका लागि तयार छ । त्यसका लागि वातावरण बनाउँदै गर्नुहोला ।’
- काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्