
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान सरकार बाह्य निर्देशनमा चलेको निस्कर्ष निकालेका छन् । राष्ट्रियताको मुद्दामा वामपन्थीबीचको मोर्चा बनाएर सामुहिक प्रतिवाद गर्नेमा पनि ओली र विजुक्छे सहमत भएका छन् ।
बिहान विजुक्छेको निवासमा भएको दुई नेताबीचको भेटवार्तामा सरकारले अघि सारेको संसोधनन प्रस्ताव, त्यसभित्र लुकेको शक्ति केन्द्रहरुको चाहानाको विषयमा छलफल भएको थियो । अध्यक्ष विजुक्छेले अहिलेको समस्यालाई कसरी निकास दिने विषयमा छलफल भएको जानकारी दिए ।
भेटवार्तामा अध्यक्ष ओलीले मंगलबार प्रमुख तीन नेताबीच भएको छलफलका विषयमा पनि जानकारी गराएका थिए । ‘स्थानिय निकायको चुनाव र संविधान संसोधन प्रस्तावलाई सँगै लैजाने विषयमा सत्तापक्षका तर्फबाट प्रस्ताव आएको रहेछ’ विजुक्छेले भने, ‘पहिला चुनावको मिति घोषणा गरेर त्यसमा वाताबरण नबनेसम्म संसोधन प्रस्ताव रोक्नुपर्नेमा हामी एकमत छौ ।
संसोधन प्रस्ताव अधि बढाउन नदिनेमा निस्कर्ष निकालेका छौ । भेटवार्ता बिहान करिव एक घण्टा भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्