
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले बोली फेरेको आरोप लगाएका छन् ।
सभापति देउवाले विगतमा पहाडी जिल्लालााई ४ नं। प्रदेशमा मिसाउँने प्रस्तावमा तत्कालीन प्र्रधानमन्त्री सुशिल कोइरालासँगै अध्यक्ष ओलीले सहमति गरेको भन्दै ओलीले पनि अहिलेको संविधान संशोधन पक्षमा उभिने धारणा व्यक्त गरेका हुन् ।
शुक्रबार निजामती युनियन संघको विद्यान अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले एमाले अध्यक्ष केपी ओली संविधान संशोधन प्रस्तावमा निश्चित रुपमै उभिने बताए । ‘तराईमा मुलुकको आधा जनसंख्या छ, उनीहरु राष्टवादी नै छन्’ देउवाले भने–‘तर अहिले मधेसीलाई राष्ट्रघातीको संज्ञा दिइएको छ, यसमा मेरो आपत्ति छ ।’ अब प्रतिपक्षी दलले संविधान संशोधनमाथि चित्त दुखाईरह्यो भने पुरानै संरचनामा भएपनि चुनाव गरिन्छ ।
‘एक बर्षभित्र तीनै तहको चुनाव सिध्याउँनुपर्ने छ । यसरी त हुँदैन । सभापति देउवाले अघि भने–‘हामी सवैले संघीयताको स्विकार गरिसकेका छौं । नेपालीहरु हिमाल, पहाड र तराई जहाँ बसेपनि सवैको कदर हुन्छ ।’
त्यसैले हिमाल, पहाड र तराईलाई नभड्काई जोडेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
यता, प्रमुख प्रतिपक्षी दल एमालेसहितका अन्य दलहरु भने संविधान संशोधन प्रस्ताव अमान्य भएको बताउँदै सरकारले प्रस्ताव फिर्ता नलिएसम्म सडकमा उत्रने चेतावनी दिँदै आएका छन् । उनीहरुको माग यथास्थिति कायमै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्