Skip to content
LAXMI SUNRISE BANK

तीन दलसँग छलफल गर्ने सभामुखको तयारी

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – विद्यमान गतिरोध अन्त्यका लागि सभामुखले दिएको तीन दिनको समय प्रमुख दलहरुले बिना छलफल गुजार्ने भएका छन्। छलफल गरेर सहमति गर्ने बताएपछि सभामुख ओनसरी घर्तीले दलहरुलाई सोमबार तीन दिनको समय दिएकी थिइन्।  सोमबार सभामुखसँगको छलफलबाट बाहिरिएपछि प्रमुख दलका नेताहरूले सहमतिका लागि कुनै छलफल गरेका छैनन्।
 ‘मैले भोलीको संसद बैठक जसरी पनि खोल्नेगरी सहमति गर्नुस् भनेको छुु, सभामुख घर्तीले भनिन्, ुउहाँहरु अहिलेसम्म बस्नुभएको छैन, बेलुकीसम्म बस्नुहोला।’  मंगलबार बिहानै हुम्ला गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार बेलुकी मात्रै काठमाडौं फर्कने कार्यक्रम छ।
 प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बुधबार काठमाडौं फर्किएपछि भेटघाट र छलफलको कुनै कार्यक्रम तय भएको छैन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली काठमाडौंमै भएपनि उनीहरुबीच पनि भेटवार्ता भएको छैन। 
 बिहीबारसम्म पनि सहमति नभए फेरी एकपटक प्रमुख दलका नेतासँग छलफल गर्ने सभामुखको तयारी छ। सरकारले संविधान संसोधन विधयेक संसदमा दर्ता गरेयता प्रमुख विपक्षी नेकपा एमालेसहित दलले लगातार संसद चल्न दिएका छैनन्।
प्रक्रियाबाट अघि बढ्दा संविधान कार्यान्वयनमा समस्या आउने भएकाले आफूले सकभर सहमतिका लागि अधिकतम प्रयास गरेको सभामुख घर्तीको भनाइ छ। संविधान संसोधन विधयेक भने संसद सचिवालयले संसदको कार्यसूचीमा राखिसकेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK