×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद अवरोध हटाउन सभामुखले ७ दलका नेतासँग छलफल गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संसद अवरोध हटाउन सभामुखले ७ दलका नेतासँग छलफल गर्ने

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – संसदको अवरोध हटाउन सभामुख ओनसरी घर्तीले दलहरुसँग छलफल गर्ने भएकी छन्। सोमबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा हुने छलफलमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ७ दलका शीर्ष नेतालाई बोलाइएको छ।
 नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रि र तराई मधेश लोकतान्त्रिक पार्टीका प्रमुख नेता छलफलमा सहभागी हुनेछन् । सभामुख घर्तीले प्रमुख दलहरुबीच सकेसम्म विषयमा, नभए प्रक्रियामा भएपनि सहमति गर्ने प्रयास गरिने बएकी छन् ।
 सात दलको छलफलबाट मंगलबार बस्ने संसद बैठक जसरी पनि संचालन गर्ने तयारी गरिएको सभामुख घर्तीको भनाई छ। संसद बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । नेकपा एमाले सहितका प्रतिपक्षी नौ दलले संविधान संसोधन प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै संसद बैठक लगातार अवरुद्ध गर्दै आएका छन् ।
 सत्तारुढ दलहरुले भने संसोधन प्रस्ताव कुनै हालतमा फिर्ता नगर्ने अडान लिएपछि दलहरुबीच ध्रुविकरण बढेको छ । दुबै पक्ष अडानबाट पछि नहट्दा गतिरोध लम्बिएपछि सभामुखले सहमतिका लागि पहल थालेकी हुन् । प्रतिपक्षी दलहरुको अवरोधका कारण संसदका पछिल्ला ९ वटा बैठक अवरुद्ध भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: