
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सभामुख ओनसरी घर्तीले अवरुद्ध संसद बैठक सुचारु गर्ने विषयमा प्रमुख दलका शीर्ष नेतासँग छलफल थालेकी छन्। उनले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सिंहदरबारमा छलफल गरेकी छन्। आधा घण्टा सभामुखको कार्यकक्षमा भएको छलफलपछि कांग्रेस सभापति देउवाले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सदनको गतिरोध हट्ने विश्वास व्यक्त गरे। अब सदनको गतिरोध नरहलाु, देउवाले भने।
सभामुख घर्तीमगरले साढे २ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दैछिन्। देउवा र ओलीसँगको भेटपछि शुक्रबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेछिन्। सभामुखले शीर्ष तीन दलका शीर्ष नेतासँग एकैसाथ भेट्ने तयारी गरेपनि प्रधानमन्त्री प्रचण्ड काठमाडौं बाहिर भएका कारण छुट्टाछुट्टै भेट गर्न लागेकी हुन्।
गत मंसिर १५ गते संसदमा दर्ता भएको संविधान संधोधन विधेयकप्रति विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दलले संसद अवरुद्ध गरेपछि चारपटकसम्म संसद स्थगीत भएपछि सभामुखले सहमति र सम्वादको पहल थालेकी हुन्। थाहा संवाददाता
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्