
- अर्थ सोकार संम्वाददाता
काठमाण्डौ – व्यबस्थापिका संसदमा दर्ता भएका २ महत्वपूर्ण प्रस्तावलाई थाती राखेर सभामुख ओनसरी घर्ति ५ सदस्यीय टोलीको नेतृत्व गर्दै ५ दिन दुबई भ्रमणमा जाने भएकी छन्। उनी विश्वका महिला सभामुखको भेलामा भाग लिन दुबई जान लागेकी हुन् ।
सभामुखको टोलीमा कांग्रेस सांसद सीता गुरूङ, एमालेकी टुका हमाल, माओवादीकी कमला दोङ र संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई रहने छन् । विश्वका ४० देशमा महिला सभामुख रहेको भेला दुई दिनसम्म चल्नेछ।
सभामुखसहितको टोली आगामी २५ गते शनिबार त्यस तर्फ प्रस्थान गर्ने २९ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।
हाल संसदमा संबिधान संशोधन प्रस्ताव र लोकमान विरूदको महाभियोग प्रस्ताव दर्ता भएका छन् । महाभियोग प्रस्ताव माथिको कारबाही निकै सुस्त गतिमा चलेको छ भने संबिधान संशोधन प्रस्तावमा कुनै कार्बधि भएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्