×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदीय समितिको बैठक तारेहोटलमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संसदीय समितिको बैठक तारेहोटलमा

Artha Sarokar

३० मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – नेसनल डेमोक्रटिक इन्स्टिट्युट एनडिआर नामक स्थाले बुधबार राजधानीको एक पाँचतारे होटलमा बैठक गरेको छ । उक्त बैठकको अध्यक्षता राज्यव्यवस्थपन समितिका सभापति दिलबहादुर घर्तीले गरेका थिए ।
सो कार्यक्रममा निर्वाचनमा दलहरुले ल्याउने पर्ने न्युनतम मतको सीमा, निर्वाचन आयोगलाई चुनावको मिति घोषण गर्न दिने अधिकार, राजनीतिक दललाई अनुदान दिने तथा मतदाता परिरचयपत्र र मतदाताको उमेरको विषयमा छलफल भएको थियो ।
सोहि कार्यक्रममा सहभागि नेमकिपाका सांसद प्रेम सुवालले आयोजककै अगाडि भनेका थिए ‘दाताहरुले छलफल र गोष्ठीमा खर्च नगरौं पूर्वाधार विकासमा खर्च गरौं, चिया खाएर छलफल गर्न हामी नै सक्षम छौं, संसदका हलहरु खालि नै छन् ।
विदेशी  ईशारामा संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै विपक्षीहरुले गरेको अवरोधका कारण विगत दुई हप्ता देखि संसद बैठक चल्न सकेको छैन् । यो आरोप प्रत्यारोप पछिल्लो समय झनै मैलाएको छ ।
एकातिर विदेशी हस्तक्षेप बढ्यो भन्ने र अर्कोतर्फ निर्वाचन कानुन जस्तो संवेदनशील विषयमा विदेशी दाताहरुले संसदीय समितिलाई प्रभाव पार्ने कामले नेपालको आत्मनिर्णयको क्षमतामा प्रश्न खाडागरेको छ ।
विज्ञसँगको छलफलका नाममा निर्वाचन कानुन जस्तो संवेदनशील विषयमा विलासी होटेल छान्दै हिडनु गलत भएको संसद सचिवालयका प्रवक्ता एवं राज्यव्यवस्था समितिका सचिव डा। भरत गौतम बताउछन् ।
त्यस्तै नेमकिपाका सांसद प्रेम सुवाल आफुले यस विषयमा संसदमा पटक पटक कुरा उठाएपनि कार्यन्वयन नभएको बताएका छन् । उनले भने संसदिय समितिलाई  विदेशि प्रभावबाट मुक्त गर्नु पर्छ, विदेशका अनुभव हामी पढेर पनि ज्ञान हाँसिल गर्न सक्छौं ।
मिनी पार्लियामेण्ट भनिने संसदिय समितिले नीति निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । जब–जब संसदीय समितिमा नीति निर्माण सम्बन्धी छलफल सुरु हुन्छ, तब–तब  दाताहरुको चासो बढ्ने गर्दछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी