
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनको लागि गत कात्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो नतिजा सूचीलाई स्वास्थ्य मन्त्रालयले बदर गर्न निर्देशन दिएको छ। प्रतिष्ठानले गत मंसिर १५ र १७ गते प्रकाशित गरेको नतिजा सूची विवादित भएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमुख डा। भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी छानबिन गरेको थियो।
नतिजासूची प्रकाशित गर्दा कोडिङ तथा डिकोडिङका क्रममा गम्भीर त्रुटि तथा लापरबाही गरेको ठहर सहितको प्रतिवेदन छानबिन समितिले बुझाएपपछि मन्त्रालयले दुवै नतिजा सूची बदर गर्न निर्देशन दिएको हो। त्रुटिपूर्ण नतिजाका लागि जिम्मेबार पदाधिकारी तथा कर्मचारीलाई आवश्यक कारबाही गर्न प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सहकूलपति एवं स्वास्थ्यमन्त्री गगन कुमार थापाले सिफारिस गर्नुभएको छ।
मन्त्रालयले यस पटकको लागि प्रथम चरणको परीक्षामा सम्मिलित सबै अर्थात् १७६९ जना परीक्षार्थीलाई बाँकी परीक्षामा सहभागी गराई मेरिट प्रणालीका आधारमा विद्यार्थी छनौट गर्न समेत निर्देशन दिएको छ। परीक्षाको निश्पक्षता, स्वतन्त्रता एवं बस्तुनिष्ठता कायम राख्न पूर्व शिक्षा सचिव दीपेन्द्रविक्रम थापाको संयोजकत्वमा कानुनविद् विजय मिश्र र परीक्षाविद् सीताराम बुढाथोकी रहेको ३ सदस्यीय परीक्षा अनुगमन तथा समवन्य समिति गठन गरेको छ।
समितिलाई परीक्षाको बाँकी प्रक्रियाको अनुगमन र समन्वय गर्न तथा समग्र परीक्षा प्रणालीको अध्ययन गरी प्रतिवेदन दिने जिम्मेवारी तोकिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा। श्रेष्ठले जानकारी दिए। एमबीबीएस प्रवेश परीक्षाको गहनता, समयको सिमितता, शैक्षिक सत्रमा पर्न सक्ने प्रभाव र सयौं विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै मन्त्रालयले निकास दिइएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए। प्रतिष्ठानले हरेक शैक्षिक सत्रमा ६० जनालाई एमबीबीएस पढाउदै आएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्