×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादीले खोलाले बगायो भनेका हतियारहरु भेटिएछन ( हेर्नुस लिष्टसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माओवादीले खोलाले बगायो भनेका हतियारहरु भेटिएछन ( हेर्नुस लिष्टसहित)

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – सरकारी तथ्यांकअनुसार सशस्त्र द्वन्दकालमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट ३ हजार ४ सय ३० थान हतियार विद्रोहीले लुटेका थिए । जुन सार्वजनिक तथ्यांकसँग मेल खाएन माओवादीले केहि हतियार हराएको, कतिपय खोलाले बगाएको र केहि बिग्रिएर फ्याँकेको जवाफ दियो ।
नेपाली सेनाका पूर्व रथी एवं त्यतिबेला सेना समायोजन विशेष समिति संयोजक रहेका बालानन्द शर्माले प्रहरीबाट बरामद हतियारका विषयमा सोकारवालाले सत्य नबोल्दासम्म यथार्थ ननिस्कने बताए । सेना समायोजनका क्रममा अनमिनलाई बुझाइएका हतियारबाहेक अन्य केही सय थान मात्र माओवादीसँग रहेको अनुमान १० बर्षयताको बरामद तथ्यांकले गलत साबित गरेको उनी बताउँछन् ।
प्रहरी विशेष ब्यूरोको तथ्यांकअनुसार २०६३ देखि मंगलबारसम्म देशभरबाट एक हजार १२ थान ठूलो हतियार र एक हजार ७ सय २५ साना हतियार बरामद भएको छ । माओवादीले अनुमानभन्दा थोरै हतियार बुझायो भन्ने आशंका त्यातिबेलै थियो,  हाल बरामद हतियार तिनै हुन् वा अन्य भन्ने अनुसन्धानको विषय भएको शर्माले बताए ।आजको नागरिक दैनिकमा खबर छ ।
२०६३ देखि २०७३ सम्म बरामद भएका हतियार
एम १६ राइफल : २ थान
एसएलआर  : १० थान
एसएमजी : १६ थान
इन्सास राइफल : २ थान
सर्टगन  : ४ थान
वन बेल्ट राइफल : १६ थान
मास्केट हतियार  : २ थान
दुई इन्चको मोर्टार  : १ थान
हर्नेट  : ७ थान
एयरगन :२५ थान
जिएसटी क्यालिबर २२ : १ थान
थ्रीनटथ्री  : ७३ थान
टुटु  : ८ थान
१२ बोर : ७४ थान
२२ म्याग्नम :  १ थान
भरुवा बन्दुक :  ७८१ थान
पिस्तोल : ४८४ थान
रिभल्वर : ११७ थान
थ्री फिप्टिन  : ५ थान
कटुवा पेस्तोल : १३३० थान
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: