- अर्थ सरोकार सम्बाददाता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले गराएको जानकारी अनुसार पेट्रोलको मूल्य ४ रुपैयाँ ५० पैसा बढेको छ । पेट्रोल अब १०१ रुपैयाँ ५० पैसा पर्ने छ ।
त्यस्तै निगमले डिजल र मट्टीतेलको मूल्य पनि ४ रुपैयाँ ५० बढाएको छ । अब डिजेल र मट्टीतेलको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
ग्यासको भाउ भने बढेको छैन ।