
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच संवादको माध्यमबाट समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। दलहरुबीच सहमति हुन नसक्दा संसद अवरोध लम्बिएको भन्दै सभामुख ओनसरी घर्तीले विहान प्रधानमन्त्रीलाई भेटेर सहमति जुटाउन आग्रह गरेपछि प्रधानमन्त्रीले संवाद अघि बढाउने बताएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आफूले प्रधानमन्त्रीलाई संविधान संशोधन प्रस्तावका कारण संसदमा उत्पन्न गतिरोध हटाउन पहल गर्न आग्रह गरेको सभामुख घर्तीले बताइन्। जवाफमा प्रधानमन्त्रीले सहमतिको बिकल्प नभएकाले आवश्यकता अनुसार दलहरुसँग छुट्टाछुट्टै वा संयुक्त छलफल अघि बढाउने बताएका थिए।
संविधान संशोधन प्रस्ताव दर्ता भएदेखि प्रमुख बिपक्षी नेकपा एमालेसहित अन्य केही साना दलले संसद बैठक अवरुद्ध गर्दै आएका छन्। दलहरुबीच असमझादरी चुलिएमा संविधान कार्यान्वयन हुन नसक्ने भन्दै सभामुखले दलका शीर्ष नेताहरुलाई सहमति जुटाउन आग्रह गर्दै आएकी छन्। उनले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै छलफल गरी सहमति जुटाएर सदन चल्ने वातावरण बनाउन आग्रह गरेकी थिइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्