×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सकियो राष्ट्रिय पोखरा औद्योगिक व्यापार मेला मेलामा ११ करोड बराबरको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सकियो राष्ट्रिय पोखरा औद्योगिक व्यापार मेला मेलामा ११ करोड बराबरको कारोबार

Artha Sarokar

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । लगानीको संवद्र्धन उद्योग व्यवसायको प्रवद्र्धन नाराका साथ मङ्सिर २३ गतेबाट सञ्चालित मेलामा ११ करोड रुपैयाँ बराबरको कारोबार भएको सङ्घका महासचिव दामु अधिकारीले जानकारी दिए । ‘करीब १ लाख ५० हजार दर्शकले मेला अवलोकन गरे,’ उनले भने, ‘मेला अपेक्षाअनुुसार सफल भएको छ ।’
मेलामा अटो, सूचना प्रविधि, हस्तकला, कृषि, फलोरिकल्चर, दैनिक जीवनमा प्रयोग हुने सामग्रीसहितका २ सय ९५ स्टल राखिएका थिए । ‘सबै स्टलमा दर्शकको उत्साहजनक सहभागिता देखियो,’ अधिकारीले भने, ‘मेला व्यवसाय प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम बनेको छ ।’
आगामी दिनमा सहभागीको चाहनालाई ध्यानमा राख्दै मेलालाई अझ परिमार्जन गरिने सङ्घका कार्यबाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजूले बताए । ‘सबैको साथ र सहयोगबाट मेला सफल भएको हो,’ उनले भने, ‘सङ्घले सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायलाई आफ्नो मूलमन्त्र बनाएको छ । उद्योगी व्यवसायीको समस्या समाधानमा सङ्घ निरन्तर लागिरहनेछ ।’
मेलामा रहेका स्टलमध्ये उद्योगतर्फ महाकाली वाइन प्रालि, व्यवसायतर्फ जुजु वयर्स, कृषि र पुष्प उत्पादनतर्फ सोन्सा एग्रो फर्म प्रालि, हस्तकलामा प्रगतिशील अल्लो समूह, अटोमा अटो भेञ्चर, रेष्टुराँमा वेलकम थकाली भान्छाघर तथा सङ्घरसंस्थातर्फ एनएमबी बैङ्क उत्कृष्ट घोषित भए । सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले ती स्टललाई उत्कृष्ट घोषणा गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी