
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल प्रहरीमा १८ वर्षदेखि ५० वर्ष उमेर समूहकाले पनि सेवा गर्ने अवसर पाउने भएका छन् । यो उमेर समूहका नागरिकले स्वयंसेवी प्रहरी भएर काम गर्न पाउने भएका हुन् ।
महानगरीय स्वयंसेवक प्रहरी परिचालनसम्बन्धी निर्देशिकाअनुसार नै स्वयंसेवी प्रहरी विस्तार गरिने भएको छ । प्रहरीले देशभरी नै स्वयंसेवक प्रहरी विस्तार गर्ने योजना बनाएको छ । सोही योजनाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा तत्कालै स्वयंसेवक प्रहरी भर्ना गरिने भएको छ ।
गत मंसिर ४ गतेको गृहमन्त्रायको बैठकले स्वयंसेवक प्रहरी विस्तार गर्ने निर्णय गरेको हो । सार्वजनिक सूचना निकालेर स्वयंसेवी प्रहरी भर्ना गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रहरीले गठन गरेको परिचालन समितिले स्वयंसेवक प्रहरी छनोट गर्नेछ । स्वयंसेवक प्रहरीले आवश्यक सेवा सुविधासमेत प्राप्त गर्नेछन् ।
स्वयंसेवक प्रहरी स्थानीय तहको सुरक्षासम्बन्धी छलफलाक साथै अपराध रोकथाम, महिला, बालबालिका तथा वृद्धको सुरक्षा र ट्राफिक व्यवस्थापनजस्ता कार्यमा सहभागी गराउन सकिनेछ ।
निर्देशिकाअनुसारस स्वयंसेवक प्रहरीको स्वास्थ्य तथा दुर्घटना बिमा गर्नुका साथै परिचयपत्र र पोसाक प्राप्त गर्नेछन् भने निश्चित अवधिपछि प्रमाणपत्रसमेत प्राप्त गर्नेछन् ।
प्रहरी आचरणविपरीत क्रियाकलाप गरेमा वा जिम्मेबारी वहन गर्न असक्षम भएमा र फौजदारी अभियोग लागेमा भने हटाउन सकिने व्यवस्था निर्देशिकामा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्